AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

  • आइतवार, अशोज ६, २०८१
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका छन् । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समयानुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क पुगेका थिए ।

उनी बसेको होटेल ग्रान्ड हायातमा अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्यूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायत व्यक्तिले भेट गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार