AarthikBikash
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • समाज
  • कालीगण्डकीको बाढीले मिर्मी–हर्मीचौर जोड्ने बेलिब्रिज बगायो, सेतीवेणी बजार डुबानमा

कालीगण्डकीको बाढीले मिर्मी–हर्मीचौर जोड्ने बेलिब्रिज बगायो, सेतीवेणी बजार डुबानमा

  • आइतवार, अशोज ११, २०८३
कालीगण्डकीको बाढीले मिर्मी–हर्मीचौर जोड्ने बेलिब्रिज बगायो, सेतीवेणी बजार डुबानमा

काठमाडौं – कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने बेलिब्रिज बगाएको छ।

आइतबार बिहान आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।

यो बेलिब्रिज १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको सञ्चालनमा आएदेखि प्रयोग हुँदै आएको थियो।

भारी वर्षाका कारण कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएको छ। बाढीको जोखिम बढेपछि आयोजनाले विद्युत् उत्पादनसमेत बन्द गरेको जनाएको छ।

यसैबीच, स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजारसमेत कालीगण्डकीको बाढीका कारण डुबानमा परेको प्रहरीले जनाएको छ।

लगातारको वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी आसपासका क्षेत्रमा जोखिम थप बढेको छ।

सम्बन्धित समाचार