AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • समाज
  • क्रसरको खाल्डोमा दाजुभाइको शव भेटियो, छानबिन गर्न स्थानीयको माग

क्रसरको खाल्डोमा दाजुभाइको शव भेटियो, छानबिन गर्न स्थानीयको माग

  • बिहिबार, अशोज १७, २०८१
क्रसरको खाल्डोमा दाजुभाइको शव भेटियो, छानबिन गर्न स्थानीयको माग

मोरङ-मोरङमा क्रसरले बनाएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन रहेका छन् ।

मोरङ प्रहरीका अनुसार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर बिहीबार दुई बालकको मृत्यु भएको हो ।

रामचरणको शव साढे ३ बजे पोखरीमा फेला परेको थियो भने उनका दाजु भूपेन बेपत्ता थिए । प्रहरीले खाल्डोमा खोजी गर्ने क्रममा साँझ भूपेनको पनि शव फेला परेको थियो ।

सुरुमा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

अर्को शव भने स्थानीयले घटनास्थलबाट निकाल्न दिएका छैनन् । उनीहरुले छानबिन गर्न माग गरिरहेका छन् । क्रसरको लापरवाहीले दुई बालकको मृत्यु भएको उनीहरुको आरोप छ ।

Facebook Comments

सम्बन्धित समाचार