AarthikBikash
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जेनजी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

  • आइतवार, साउन १७, २०८३
जेनजी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

चितवन – भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ थाकलटार निवासी ४५ वर्षीय आइतसिंह लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  लामालाई साउन १७ गते इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीलेउनकै घरबाट  नियन्त्रणमा लिएको हो ।

लामा २०८२ भदौ २५ गते जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका थिए। उनी एकसिङ्गे गैँडा मारेको वन्यजन्तु सम्बन्धी कसुरमा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सजाय भुक्तान गरिरहेका कैदी हुन्।

पक्राउका क्रममा प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक र अन्य सामग्री बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामामाथि फरार प्रकरण र बरामद हतियारसम्बन्धी विषयमा थप अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित समाचार