काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान रोहित पौडेलले बाजी मार्दै पहिले बलिङ गर्ने निर्णय गरेपछि काठमाडौंले ब्याटिङको निम्तो पाएको हो।
आजको खेल जिते लुम्बिनी दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्नेछ। तीन खेलमा जित र एक खेलमा अंक बाँडेको लुम्बिनी ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ।
यता पाँचौँ खेल खेल्न लागेको काठमाडौं पनि जित निकाल्दै प्लेअफ यात्रालाई बलियो बनाउने लक्ष्यमा छ।
चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको काठमाडौं ४ अंकसहित तालिकाको चौथो स्थानमा छ।