काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
दुवै टोली आजको खेलमा तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छन् । समान चार अंक जोडेका कर्णाली र सुदूरपश्चिम रनरेटका आधारमा तालिकामा फरक स्थानमा छन् ।
तीन खेल खेलेको कर्णालीले दुई जित र एक हार व्यहोरेको छ । टोली चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
यता, चार खेल खेलेको सुदूरपश्चिमले पनि दुई जित र दुई हार बेहोरेको छ । समान चार अंक भए पनि कमजोर रनरेटका कारण सुदूरपश्चिम छैटौँ स्थानमा छ ।