AarthikBikash
शुक्रबार, कार्तिक २१, २०८३
  • होमपेज
  • खेलकुद
  • चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

  • शुक्रबार, कार्तिक २१, २०८३
चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्ससामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टीयू मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन जोड्यो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । रवि बोपाराले ३२, अर्जुन साउदले ३१ तथा डेभिड मलानले २७ रनको योगदान दिए ।

पोखराका लागि चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिए ।

अब पोखराले जितका लागि १५२ रन बनाउनुपर्नेछ ।

सम्बन्धित समाचार