AarthikBikash
मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • राजनीति
  • अध्यादेश ल्याएर कुनै पार्टी एमालेमा मिलाउने हाम्रो योजना छैन : प्रधानमन्त्री ओली

अध्यादेश ल्याएर कुनै पार्टी एमालेमा मिलाउने हाम्रो योजना छैन : प्रधानमन्त्री ओली

  • मङ्लबार, कार्तिक ६, २०८१
अध्यादेश ल्याएर कुनै पार्टी एमालेमा मिलाउने हाम्रो योजना छैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर नेकपा एमालेमा मिलाउने योजना नरहेको स्पष्ट पारेका छन् ।

सोमबार पाँच विपक्षी दलहरूको ज्ञापन पत्र बुझ्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले यस्तो स्पष्टीकरण दिएका हुन् ।

‘विगतमा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुनसक्छ। तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरूपमा काम गर्ने विषयमा समान मत देखिएको उनको सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार