AarthikBikash
सोमवार, साउन २५, २०८३
  • होमपेज
  • राजनीति
  • देउवा समूहको तत्कालीन केन्द्रीय समिति बैठक बस्यो

देउवा समूहको तत्कालीन केन्द्रीय समिति बैठक बस्यो

  • मङ्लबार, चैत्र १७, २०८२
देउवा समूहको तत्कालीन केन्द्रीय समिति बैठक बस्यो

काठमाडौं – नेपाली कांग्रेसको वर्तमान संस्थापन इतरको बैठक बसेको छ ।

धुम्बाराहीस्थित एक होटलमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक बसेको हो ।

बैठक केहीबेर अघिदेखि पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा  बसेको छ।

बैठकमा डा। शेखर कोइराला, शंशाक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि केही समय चुप बसेको देउवा समूह पछिल्ला दिनहरुमा सक्रिय बन्न थालेको छ ।

सभापति थापाको नेतृत्वमा कांग्रेसले कामकारबाही गरिरहँदा देउवा समूहले समेत समानान्तर गतिविधि गर्न थालेको हो ।

बैठकमा गत फागुनमा सम्पन्न निर्वाचनका विषयमा समीक्षा र एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउबारे छलफल हुने स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार