AarthikBikash
मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सहकारी ठगी प्रकरण : कांग्रेस नेता धनराज गुरुङकी पत्नीलाई पक्राउ गर्न इन्टरपोललाई पत्राचार

सहकारी ठगी प्रकरण : कांग्रेस नेता धनराज गुरुङकी पत्नीलाई पक्राउ गर्न इन्टरपोललाई पत्राचार

  • मङ्लबार, कार्तिक ६, २०८१
सहकारी ठगी प्रकरण : कांग्रेस नेता धनराज गुरुङकी पत्नीलाई पक्राउ गर्न इन्टरपोललाई पत्राचार

काठमाडौं – सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित दुई जनालाई पक्राउ गर्न नेपाल प्रहरीबाट इन्टरपोललाई पत्राचार गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आग्रहमा नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले इन्टरपोललाई रेड नोटिस जारीका लागि पत्राचार गरेको जनाएकोे छ । ललितपुरको मितेरी सहकारीको बचत अपचलनमा सीआईबीले अनुसन्धान गरिरहेको छ । गुरुङ उक्त सहकारीको तत्कालीन प्रबन्ध निर्देशक थिइन् ।

मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।

ज्योतिसँग धनराजले २०७६ फागुनमा कागजी सम्बन्धबिच्छेद गरेका थिए । तर, सहकारी ठगीबाट उम्किनका लागि धनराजले पत्नीसँग नक्कली डिभोर्स गरेको र व्यवहारिक रूपमा अझै पति–पत्नी नै रहेको चर्चा छ ।

धनराजले कथित सम्बन्धबिच्छेदपछि पनि पूर्वपत्नीको नाममा ऋण तिरिरहेको बताइएको छ । प्रहरीको सूचना अनुसार धनराजकी पत्नी ज्योति अहिले अमेरिकामा रहेकी छन् ।

Facebook Comments

सम्बन्धित समाचार