AarthikBikash
मङ्लबार, अशोज १३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मीनबहादुरको जग्गादानविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

मीनबहादुरको जग्गादानविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

  • बुधबार, कार्तिक ७, २०८१
मीनबहादुरको जग्गादानविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं – व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले निवेदकले रिट दिन पाउने वा नपाउने विषय इजलासबाटै टुंगो लाग्ने भन्दै दर्ता गर्न आदेश दिएको हो ।

अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए ।

तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालत प्रशासनले एमाले पार्टी कार्यालय दान लिनेदिने विषयमा रिट निवेदकको सार्थक सम्बन्ध नरहेको भन्दै दरपीठ आदेश दिएको थियो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए।

गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरेका थिए।

सम्बन्धित समाचार