AarthikBikash
सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल भेनेजुयला प्रस्थान

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भेनेजुयला प्रस्थान

  • शनिबार, कार्तिक १७, २०८१
एकीकृत समाजवादीका अध्यक्ष नेपाल भेनेजुयला प्रस्थान

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेनेजुयला प्रस्थान गरेका छन्।

भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनलाई बिदाइ गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार