AarthikBikash
मङ्लबार, माघ १, २०८१
  • होमपेज
  • राजनीति
  • धरौटीमा छुटेलगत्तै फेरि पक्राउ परे दुर्गा प्रसाईं

धरौटीमा छुटेलगत्तै फेरि पक्राउ परे दुर्गा प्रसाईं

  • बिहिबार, मंसिर २७, २०८१
धरौटीमा छुटेलगत्तै फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशले धरौटीमा छुटेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिएको घटनामा सीआइबीले अनुसन्धान गरिरहेको छ ।

ब्यूरोले संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए ।

धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार