AarthikBikash
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : शंकर पोखरेल

कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : शंकर पोखरेल

  • सोमवार, पुस १५, २०८१
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गर्नुपर्ने बताएका छन् । एमाले दाङ प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।महासचिव पोखरेलले ठूला राजनीतिक दललाई असफल हुने छुट नभएको बताए। विगतमा सरकारमाथि अदालतको हस्तक्षेप, अराजकता र अस्थिरताका कारण देशको अर्थतन्त्र समेत कमजोर हुन पुगेको उनले बताए । अहिले देशको आर्थिक अवस्थामा सुधार आइरहेको दाबी उनले गरे। राम्रो काम गर्दा गर्दै सरकार ढल्दैछ भनेर हल्ला चलाउने काम भइरहेको महासचिव पोखरेलको आरोप छ ।

पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताए। उनले ठूला दलहरू मिलेर बनेको वर्तमान सरकारले योजनाबद्ध सुधारका काम गरिरहेको बताए ।mकसैलाई चित्त नबुझ्दैमा सरकार ढल्न नसक्ने दाबी उनले गरे । ठूला दल मिलेको चित्त नबुझे पनि मिलिराखेपछि सबैलाई स्विकार्न बाध्यता हुने विचार उनले व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार