काठमाडौं– नेकपा एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजनाबारेजानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको हुन् ।एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेको रावलले निकट स्रोतले बतायो ।
बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको बताइएको छ । रावलले पुस १७ गते नयाँ पार्टी घोषणा गर्ने तयारी थालेको रावल निकट स्रोतले बतायो । एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।