AarthikBikash
सोमवार, पुस २९, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मातृभूमि जागरण अभियान चलाउने भीम रावलको घोषणा

मातृभूमि जागरण अभियान चलाउने भीम रावलको घोषणा

  • बुधबार, पुस १७, २०८१
मातृभूमि जागरण अभियान चलाउने भीम रावलको घोषणा

काठमाडौं– नेकपा एमालेको कारबाहीमा परेमा नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन्। बुधबार आज पत्रकार सम्मेलन गरेका नेता रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने उनको भनाई छ ।

नेता रावलले भने,’देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ ।’ देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार