mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे ! : माधव नेपाल

कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे ! : माधव नेपाल

  • बिहिबार, पुस २५, २०८१
कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे ! : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिसन खान नेपाली कांग्रेसका सभापति शेरबहादुर दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले सभापति दे‍उवामाथि उक्त आरोप लगाएका हुन् ।अध्यक्ष नेपालले ठेक्कामा कमिसन खान डडेलधुरामा पनि बनाउन खोजिएको आरोप लगाए।

अध्यक्ष नेपालले भने, ‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरू कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनुपर्‍यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुराबाहेक अरू केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरूले पनि धेरै नोक्सानी भइरहेको छ ।’

विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरूले लिनुपर्ने उनको भनाइ छ । एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा रहेको भन्दै उनले आक्रोस पोखे ।

सम्बन्धित समाचार