mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • अख्तियारका अधिकृतलाई नै घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारका अधिकृतलाई नै घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • बिहिबार, पुस २५, २०८१
अख्तियारका अधिकृतलाई नै घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृतलाई नै एक लाख रूपैयाँ घूस दिन खोज्ने अछामको मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । हाल नुवाकोटको किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अछामको मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी उपर अख्तियारको कार्यालय, कञ्चनपुरबाट विस्तृत अनुसन्धान हुँदा उनले एक लाख रुपैयाँ घुस दिएका थिए । उजुरीसँग सम्बन्धित कागजात पेश गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ घूस दिन खोजेपछि उनी केही समय पहिले आयोगको कार्यालयबाटै पक्राउ परेका थिए ।

अभियोगपत्रमा भनिएको छ ,‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको थियो । यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए ।’

अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानका लागि उनलाई बोलाइएको थियो । बयान दिन जाँदा उनले घुस दिएकाले भ्रष्टाचार मुद्दामा कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ । अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई उनले यस्तो घुस प्रस्ताव गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।