काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न्।
राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेका थिए ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।