mega darknetmega darknet
AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • राजतन्त्र फर्काउने नाममा भइरहेको हल्ला काम लाग्दैन : गृहमन्त्री लेखक

राजतन्त्र फर्काउने नाममा भइरहेको हल्ला काम लाग्दैन : गृहमन्त्री लेखक

  • शनिबार, फाल्गुन २४, २०८१
राजतन्त्र फर्काउने नाममा भइरहेको हल्ला काम लाग्दैन : गृहमन्त्री लेखक

डोटी-गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा भइरहेको होहल्ला काम नलाग्ने बताएका छन् ।

डोटीमा नेपाल प्रेस युनियनद्धारा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

पछिल्लो समय राजसंस्था फर्काउनुपर्ने माग गर्दै गरिएका प्रदर्शन र र्‍यालीहरुलाई संकेत गर्दै गृहमन्त्री लेखकले केही साथीहरुबाट भइरहेको होहल्ला काम नलाग्ने बताए।

गृहमन्त्री लेखकले नेपालमा लोकतन्त्र विरुद्ध पहिलेदेखि नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने बताए । गणतन्त्रको विकल्प राजतन्त्र नहुने गृहमन्त्री लेखकको भनाई छ ।

गृहमन्त्री लेखकले भने,‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ। देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरु उपभोग गरिरहेका छन् ।’

नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्कने भ्रममा नपर्न उनको सुझाव छ । पूर्वराजालाई पार्टी खोलेर खुला छलफलमा आउनसमेत उनले चुनौती दिए ।

सम्बन्धित समाचार