AarthikBikash
शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • राजनीति
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्नेगरी काम भइरहेको छ : प्रधानमन्त्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्नेगरी काम भइरहेको छ : प्रधानमन्त्री

  • बिहिबार, चैत्र ६, २०८१
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्नेगरी काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्‍चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाइ कार्यान्वयन गरिरहेको बताएका छन्।  बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट,ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ,पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्‍चालनमा ल्याएको बताए।

हाल अलजजिरा,फ्लाई दुवई,एयर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्नेगरी काम भइरहेको प्रधानमन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले  श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरू भएको बताए। यसैगरी प्रधानमन्त्री ओलीले मातृशिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले सङ्‍घ,प्रदेश र स्थानीय तहका अस्पताल एवम् स्वास्थ्य संस्थाहरूबाट विभिन्‍न कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको जानकारी दिए।

लुम्बिनी प्रदेशमा सुविधा सम्पन्न बर्थिङ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार,थाइल्याण्ड अन्तर्राष्ट्रिय सहयोग नियोगको सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको बताए। लुम्बिनी क्षेत्रको अपार धार्मिक एवम् पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै सन् १९७८ मा डिजाइन स्वीकृत भएको लुम्बिनी गुरुयोजना अनुसार निर्माण कार्यहरू भइरहेको प्रधानमन्त्रीले जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार