AarthikBikash
शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • राजनीति
  • गणतन्त्रको पक्षमा जनप्रदर्शन र विशेष सभा गर्ने एमालेको घोषणा

गणतन्त्रको पक्षमा जनप्रदर्शन र विशेष सभा गर्ने एमालेको घोषणा

  • बिहिबार, चैत्र ६, २०८१
गणतन्त्रको पक्षमा जनप्रदर्शन र विशेष सभा गर्ने एमालेको घोषणा

काठमाडौं-नेकपा एमालेले गणतन्त्रका पक्षमा जनसचेतनाका लागि सडकमा उत्रिने घोषणा गरेको छ ।

मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो।

अभियान अन्तर्गत, एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभर सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ।

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।

सोही क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍याली आयोजना गरिने बताइएको छ ।

सोही दिन सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने एमालेले जनाएको छ। त्यस्तै, चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने बताइएको छ ।

धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा प्रदर्शन र जनसभा हुने एमालेले बताएको छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने र जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने एमालेले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार