AarthikBikash
शुक्रबार, चैत्र १४, २०८१
  • होमपेज
  • राजनीति
  • तीनवटा समितिको बैठक बस्दै

तीनवटा समितिको बैठक बस्दै

  • शुक्रबार, चैत्र ७, २०८१
तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– आज संघीय संसद्का तीन समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार तीनवटै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्न लागेका हुन् ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एककीरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने तीनवटा अजेन्डामा छलफल हुनेछन् । समिति अन्तर्गतका उपसमितिहरुमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक ११ः०० बजेबाट सुरु हुनेछ ।

साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने समितिमा प्राप्त उजुरी उपर छलफल सम्बन्धमा हुनेछ । लेखा समितिले यसअघि नै १०० वटा उजुरी सार्वजनिक गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार