काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न सोमबार प्रचण्ड शीतल निवास पुगेका हुन् । भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ ।
उक्त छलफल अघि अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।