काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए । डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका थिए । ऊर्जा मन्त्रालयले उनलाई पटकपटक स्पष्टीकरण सोधेको थियो ।