काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
उनले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।
कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर नियुक्ति पत्र बुझेपछि उनी पदभार ग्रहण गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय पुगेका थिए ।