mega darknetmega darknet
AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • राष्ट्रियसभामा पनि विपक्षी दलको अवरोध

राष्ट्रियसभामा पनि विपक्षी दलको अवरोध

  • बुधबार, चैत्र १२, २०८१
राष्ट्रियसभामा पनि विपक्षी दलको अवरोध

काठमाडौं-बिपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ। बुधबार बैठक सुरू हुने वित्तिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी सांसद गोपी बहादुर सार्की अछामीलाई बोल्न समय दिएका थिए । उनले अन्धकारमा बसेका नेपालीलाई उज्यालो दिने कुशल कर्मचारी कुलमान घिसिङलाई स्वार्थका आधारमा हटाइएको भन्दै आपत्ती जनाए।

सरकारको क्रियाकलापले परिवर्तनलाई पछि फर्काउने शक्तिलाई बल पुगेको उनले बताए । पुरस्कृत गर्नुपर्ने व्यक्तिलाई सरकारले दण्डित गरेको भन्दै उनले भत्र्सना गरे। उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सरकारको जवाफ नआएसम्म बैठक चल्न नसक्ने बताए।

सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष दाहालले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । तर,सांसदहरुले उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यसअघि पनि कुलमान बर्खास्तको विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठक अझैसम्म सुरू भएको छैन।

सम्बन्धित समाचार