mega darknetmega darknet
AarthikBikash
शनिबार, साउन ३२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • हेटौँडामा देवरकाे खुकुरी प्रहारबाट भाउजुको मृत्यु

हेटौँडामा देवरकाे खुकुरी प्रहारबाट भाउजुको मृत्यु

  • बिहिबार, चैत्र १३, २०८१
हेटौँडामा देवरकाे खुकुरी प्रहारबाट भाउजुको मृत्यु

काठमाडौं – हेटौँडामा देवरले भाउजूको हत्या गरेका छन्। हेटौँडा-१ चौकीटोल निवासी २२ वर्षीय राहुल दासले बुधबार (हिजो) खुकुरी प्रहार गरेर आफ्नै  जेठी भाउजूको हत्या गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राहुलले भाउजू ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन्। राहुलको आक्रमणबाट उनका माइलो दाजु रुपेश दाससमेत घाइते भएका छन्।

उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाइलाई खुकुरीले आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यलयमा ल्याएको थियो।

घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठा भित्र मृत अवस्थामा फेलाका थिए।

सम्बन्धित समाचार