mega darknetmega darknet
AarthikBikash
बिहिबार, साउन ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • श्रेयको भोक त्यागेर शान्ति प्रक्रिया सफल पार्नतिर लागौं : प्रधानमन्त्री

श्रेयको भोक त्यागेर शान्ति प्रक्रिया सफल पार्नतिर लागौं : प्रधानमन्त्री

  • बिहिबार, चैत्र १३, २०८१
श्रेयको भोक त्यागेर शान्ति प्रक्रिया सफल पार्नतिर लागौं : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन आह्वान गरेका छन् । आफूलाई श्रेयको भोक नभएको भन्दै उनले पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताए ।संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिउँ ।’

नेपालमा अब शान्ति हुनेछ भन्ने ग्यारेन्टी गर्न पनि आह्वान गरेका उनले अगाडि भने–‘म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन । सफल पारौं यसलाई ।’प्रधानमन्त्री ओलीले थप भने–‘पीडितका घाउमा मलम लगाउन उहाँहरुका आँसु पुछौं र नेपाली जनतालाई निश्चिन्त बनाऔं, अब नेपालमा शान्ति हुनेछ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएको भन्दै अब काम अगाडि बढ्ने बताएका उनले विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै त्यसमा दुःख व्यक्त गरे ।

आयोगहरु सफल नहुनु दुर्भाग्य भएको बताउँदै उनले भने–‘यसपल्ट आयोग जुन निर्मित हुनेछन् सफल हुनेछन् मैले विश्वास लिएको छु । दुईदुईवटा छनोट समिति बनायौं सफल भएनन् । किन सफल भएनन् बेग्लै कुरा होला । तर हामी आफैंले बनाएका छनोट समितिलाई असफल बन्न दिनु हुँदैन ।’

सम्बन्धित समाचार