काठमाडौं-काठमाडौंको तीनकुने क्षेत्रमा गत शुक्रबार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको लागि चौतर्फी दबाब बढेको छ ।
सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब बढेको हो ।
मुख्य राजनीतिक दलहरुले पनि हिंसात्मक घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा विपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले घटनाको मुख्य दोषी ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले संयोजक बनाएका नवराज सुवेदीको समितिले अराजक स्वभावका दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको थियो । राजावादी समूहले राजधानीको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शनका क्रममा ठूलो धनजनको क्षेति भएको थियो ।