काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । आज साँझ बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूलाई बोलाइएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपल्टै एकै ठाउँमा बस्न लागेका हुन् । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी राजावादीहरूले हिंसात्मक आन्दोलन गरेका थिए ।
यस्तै प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले राखेका मागका विषयमा सम्बोधन गर्ने भएका छन् ।