काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न अस्वीकार गरेपछि हुलाकबाट पठाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली निर्मल निवासबाट फर्किएको थियो । तर अहिले महानरपालिकाले हुलाकबाट जरिवानापत्र पठाएको हो ।
महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्र काट्दै पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
चैत १५ गते राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।