AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • राजनीति
  • हितेन्द्र र कुलमानको रिट ‘हेर्न नभ्याइने’

हितेन्द्र र कुलमानको रिट ‘हेर्न नभ्याइने’

  • आइतवार, चैत्र १६, २०८१
हितेन्द्र र कुलमानको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं-नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट ‘हेर्न नभ्याइने सूचिमा’ राखिएको छ।

सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह र शारङ्गा सुवेदीको इजलासमा तोकिएको थियो । तर,रिट आज सुनुवाइ नहुने भएको हो ।

यसअघि शुक्रबार प्राम्भिक सुनुवाइ गर्दै सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश अव्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो।

अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार