AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • राजनीति
  • गणतन्त्रवादीलाई संसदभित्रै छाती ठोकेर लिङ्देनले दिए यस्तो चुनौती

गणतन्त्रवादीलाई संसदभित्रै छाती ठोकेर लिङ्देनले दिए यस्तो चुनौती

  • आइतवार, चैत्र १६, २०८१
गणतन्त्रवादीलाई संसदभित्रै छाती ठोकेर लिङ्देनले दिए यस्तो चुनौती

काठमाडौं-संसदमा गणतन्त्रवादी दल र राप्रपाका नेताहरूबीच भनाभन भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि विवाद भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिए ।

लिङ्देनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल !’

संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको थियो । संसद्‌मा होहल्ला भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार