काठमाडौं-नेकपा एमालेले आज गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल मोटरसाइकल र्याली निकाल्दै छ ।
देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।
काठमाडौं उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्याली निकाल्ने एमालेले जनाएको छ ।
बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्याली निकाल्ने तयारी गरेको बताइएको छ ।