AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौंमा युवकको शव गाडिएको अवस्थामा फेला, भारतीयसहित ६ जना पक्राउ

काठमाडौंमा युवकको शव गाडिएको अवस्थामा फेला, भारतीयसहित ६ जना पक्राउ

  • सोमवार, चैत्र १७, २०८१
काठमाडौंमा युवकको शव गाडिएको अवस्थामा फेला, भारतीयसहित ६ जना पक्राउ

काठमाडौं-काठमाडौं गोकर्णेश्वरस्थित मकलबारीमा एक युवकको हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल जिल्ला गोकर्णेश्वर ५ बाहुनधारा बस्ने २२ वर्षका निपु मण्डल, १८ वर्षका बिजय यादव, १८ वर्षका करन कुमार महतो, २३ वर्षका जोधन मण्डल, ४५ वर्षका उत्तम मण्डल र भारतको बिहार घर भई हाल दक्षिणढोका वस्ने २९ वर्षका सुनिल शर्मा रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर ५ बाहुनधारा बस्ने वर्ष १९ का राहुल साहको शव चैत १५ गते जमिनमा गाडिएको अवस्थामा फेला परेको थियो ।

उनी चैत ११ गतेदेखि हराएको भनि प्रहरी वृत्त बौद्धमा जानकारी प्राप्त भई खोजतलास गर्ने क्रममा गोकर्णेश्वर ८ माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो ।

उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा लेनदेनको विषयलाई लिई उनीहरूले युवकको हत्या गरेको खुलेको छ । उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

Facebook Comments

सम्बन्धित समाचार