काठमाडौं-नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले शुक्रबार तीनकुने लगायतका क्षेत्रमा भएको हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले यस्तो माग गरेकही हुन् ।
उनले तीनकुने लगायतका क्षेत्रमा भएको हिंसात्मक घटनाको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै घटनाका दोषीलाई कारबाही गर्न माग गरिन् ।
संविधान र कानुनभन्दा माथि कोही नरहेकाले सबैलाई कारबाही हुनुपर्ने उनको भनाई छ ।