काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्डको औपचारिक भ्रमण जाँदैछन् ।
प्रधानमन्त्री ओली थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन् ।
६५ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीले थाइल्यान्डको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री ओली थाइल्यान्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।
ओलीले थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रमम छ। बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मंगलबार थाइल्यान्ड गएर प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। भ्रमणअघि ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसहित शीर्ष नेतासँग छलफल गरेका थिए ।