AarthikBikash
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तीनकुने घटना : भाटभटेनीमा फलफूल लुट्ने १३ जना हाजिरी जमानीमा रिहा

तीनकुने घटना : भाटभटेनीमा फलफूल लुट्ने १३ जना हाजिरी जमानीमा रिहा

  • बुधबार, बैशाख १०, २०८२
तीनकुने घटना : भाटभटेनीमा फलफूल लुट्ने १३ जना हाजिरी जमानीमा रिहा

काठमाडौं-चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका थप १३ जना हाजिरी जमानीमा हिरासत मुक्त भएका हुन् ।

यसअघि यही घटनामा पक्राउ परेका आठ जनालाई हाजिरी जमानीमा छाडिएको थियो ।

योसँगै हाजिरी जमानीमा हिरासत मुक्त हुनेको संख्या २१ पुगेको छ । उनीहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गरिए पनि अनुसन्धान भने अघि बढ्ने बताइएको छ ।

बयान लगायतको काम सकिएको हिरासतमा राखिराख्नुपर्ने अवस्था नदेखिएकाले हाजिरी जमानीमा छाडिएको परिसरले जनाएको छ ।

यद्यपी उनीहरुविरुद्ध भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुने बताइएको छ । मुद्दा दायर भएपछि उनीहरूलाई प्रहरीले सोझै अदालतमा उपस्थित हुनेगरी छाडेको हो ।

हिरासतमुक्त गरिएको सबै आपराधिक उपद्रवको कसुरको आरोपितहरू हुन् । उनीहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बताएको छ ।

तीनकुने घटनामा प्रहरीले अहिलेसम्म ८५ जनालाई पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गरेको छ । जसमध्ये २१ जना हिरासतमुक्त रहेकाले अहिले परिसरको हिरासतमा रहनेको संख्या ६४ छ ।

Facebook Comments

सम्बन्धित समाचार