кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, जेष्ठ २९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • शिक्षामन्त्रीमा रघुजी पन्त, ऊर्जाराज्यमन्त्री कान्छाराम बर्खास्त

शिक्षामन्त्रीमा रघुजी पन्त, ऊर्जाराज्यमन्त्री कान्छाराम बर्खास्त

  • बुधबार, बैशाख १०, २०८२
शिक्षामन्त्रीमा रघुजी पन्त, ऊर्जाराज्यमन्त्री कान्छाराम बर्खास्त

काठमाडौं – शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

यद्यपी शिक्षामन्त्री भट्टराईको राजिनामाका बारेमा सरकारका प्रवक्तादेखि गृहमन्त्रीसम्म अनभिज्ञ नै छन् । आज मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भट्टराईको राजिनामाका बारेमा सरकारलाई जानकारी नभएको बताएका थिए ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले पनि सञ्चारकर्मीहरुसँग छोटो प्रतिकृया दिंदै भट्टराईको राजिनामाका बारेमा आफू अनभिज्ञ रहेको बताएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।

तामाङले गृहमन्त्रीले केही समयघि राजीनामा दिनुस् भनेर फोन गरेको र राजिनामा दिन्न भनेपछि अहिले हटाएको खबर आएको बताएका छन् ।

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।

सम्बन्धित समाचार