AarthikBikash
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • राजनीति
  • लोकतन्त्र शब्दमा नभई आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ : गगन थापा

लोकतन्त्र शब्दमा नभई आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ : गगन थापा

  • बिहिबार, बैशाख ११, २०८२
लोकतन्त्र शब्दमा नभई आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ : गगन थापा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र शब्दमा नभएर आचरण, सोच र कार्यशैलीमा देखिनु पर्ने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले आज सामाजिक सञ्जालमा लेखेका छन्–‘लोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविक भए पनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन सक्दैन । लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ ।’

महामन्त्री थापाले समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले सबैलाई थप प्रतिबद्ध र प्रेरित बनाओस् भन्दै शुभकामना दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार