AarthikBikash
शनिबार, बैशाख २०, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रचण्डको संकल्प : ७० वर्ष कटे, समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जानेछु

प्रचण्डको संकल्प : ७० वर्ष कटे, समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जानेछु

  • शनिबार, बैशाख २०, २०८२
प्रचण्डको संकल्प  : ७० वर्ष कटे, समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जानेछु

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७० वर्ष कटेपनि नयाँ आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गरेर समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको बताएका छन् ।

दक्षिणकाली नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचारको विरुद्ध नयाँ आन्दोलन आवश्यक भएकाले सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताए।

उनले भने, ‘अहिले हामी फेरि हाम्रो वर्ग र मुद्दासँग जोडिएका छौँ। हाम्रो नेतृत्वको सिङ्गो टिम नै खटेका छौँ। हाम्रो अभियानले जनतामा नयाँ विश्वास पैदा गरेको छ। त्यसैले सबैले राष्ट्रको निम्ति एकचोटी सबैले संकल्पको साथ लाग्नुपर्नेछ। संगठन निर्माण र जनतालाई बुझाउन आवश्यक छ।’

सम्बन्धित समाचार