AarthikBikash
आइतवार, बैशाख २१, २०८२
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • कक्षा १२ को परीक्षा आजबाट, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजबाट, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

  • आइतवार, बैशाख २१, २०८२
कक्षा १२ को परीक्षा आजबाट, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – कक्षा १२ को परीक्षा आजबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकिएको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित र आंशिक परीक्षार्थीको वार्षिक परीक्षा आइतबार सुरु भएर आगामी जेठ २ गतेसम्म चल्नेछ ।

उक्त परीक्षामा देशभरका पाँच हजार २०२ विद्यालयका पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये नियमिततर्फ तीन लाख ९५ हजार ९०८ छन् । नियमितमध्ये पनि छात्रको संख्या एक लाख ९८ हजार ८७५ छ भने छात्राको संख्या एक लाख ९७ हजार १३ जना छ ।

त्यस्तै, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षार्थी संख्या सबैभन्दा कम मनाङमा छन् । जहाँबाट जम्मा ४५ जनाले परीक्षा दिँदै छन् । सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८ हजार १३३ जना परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षा नियन्त्रण कार्यालयले नेपालभर जम्मा एक हजार ५९० केन्द्र निर्धारण गरेको छ । त्यस्तै, जापानमा एक केन्द्र गरी कुल एक हजार ५९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुनेछ । परीक्षाका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, केन्द्रमा खटिने कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी ४८ हजार २०९ जनशक्ति खटिनेछन् ।

सम्बन्धित समाचार