AarthikBikash
बिहिबार, बैशाख २५, २०८२
  • होमपेज
  • राजनीति
  • सदनमा सांसद कुँवरको प्रश्न : दशरथ चन्द विश्वविद्यालय विधेयक कहाँ हरायो ?

सदनमा सांसद कुँवरको प्रश्न : दशरथ चन्द विश्वविद्यालय विधेयक कहाँ हरायो ?

  • बुधबार, बैशाख २४, २०८२
सदनमा सांसद कुँवरको प्रश्न : दशरथ चन्द विश्वविद्यालय विधेयक कहाँ हरायो ?

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सदनमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको खोजी गरेका छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद कुँवरले विधेयक छिट्टै अघि बढाउन माग गरेका हुन् । उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक कहाँ हरायो ? भन्दै प्रश्न गरेका छन् ।

“विधेयक कहाँ हरायो ? हराएको हरायै हुने त होइन ? राष्ट्रियसभामा उत्पत्ति भएर समितिबाट पास भएर यहाँ दर्ता भएको थियो । केही दिनअघि कार्यसूचीमा पनि राखिएको थियो । त्यो हराएका कारण सुदूरपश्चिका जनता, सरोकारवाला चिन्तित छन्,” उनले भने ।

उनले विधेयकलाई महत्त्वपूर्ण कार्यसूचीमा राखेर छलफल गरी पारित गर्न माग गरे । गत हिउँदे अधिवेशनको अन्तिम दिन र वैशाख १५ गतेको सम्भावित कार्यसूचीमा विधेयक राखिएको थियो ।

शिक्षामन्त्री रघुजी पन्त शिक्षक आन्दोलनको वार्तामा व्यस्त भएकाले कार्यसूचीबाट हटाइएको थियो ।

सम्बन्धित समाचार