AarthikBikash
शुक्रबार, बैशाख २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप

नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप

  • शुक्रबार, बैशाख २६, २०८२
नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप

काठमाडौं – नेकपा एमालेले वैशाख २८ गते संसद्‌मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम संसद्‌मा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित हुन एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले ह्वीप जारी गरेका हुन् ।

अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो ।

सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते निर्णयार्थ पेश गर्ने संसद्को कार्यसूची छ ।

सम्बन्धित समाचार