काठमाडौं – सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाली कांग्रेसले ह्विप लगाएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गरेका हुन् ।
आज संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत हुँदैछ ।
आजको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले यसअघि नै ह्विप जारी गरिसकेको छ ।