AarthikBikash
बिहिबार, जेष्ठ २, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने

  • बिहिबार, जेष्ठ २, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी रहने छ।

छलफलका लागि बिहान ११ बजे बैठक बोलाइएको छ। गत मङ्गलबारदेखि सुरु भएको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहेको छ।

यस्तै बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन– २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै कानून, न्याय तथा मानवअधिकार समितिकी सभापति बिमला सुवेदीले ‘कानून, न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन– २०८१÷०८२’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार