काठमाडौं-नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन गर्ने योजना नरहेको प्रस्ट पारेको छ ।
शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि कांग्रेस नेताहरुले सोबारे स्पष्ट पारेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति शेरबहादुर देउवालाई फोन गर्नु सामान्य भनेको छ ।
माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग टेलिफोन संवाद गरेका थिए ।
त्यसलगत्तै माओवादी उपमहासचिव जनार्दन शर्मा देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । तर, कांग्रेस नेताहरूले भने यी घटना सामान्य रहेको र अहिले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना नरहेको बताएका छन् ।