AarthikBikash
शुक्रबार, जेष्ठ १०, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेका सांसद भन्छन् : सहकारी ठगीमा संलग्नलाई जेलमुक्त गरौं

एमालेका सांसद भन्छन् : सहकारी ठगीमा संलग्नलाई जेलमुक्त गरौं

  • आइतवार, जेष्ठ ५, २०८२
एमालेका सांसद भन्छन् : सहकारी ठगीमा संलग्नलाई जेलमुक्त गरौं

काठमाडौं-सत्तारुढ दल नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र पीडितको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्ने प्रस्ताव राखेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद आचार्यले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले ६ महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने कबोल गरेको खण्डमा जेलमुक्त गर्ने र तोकिएको समयभित्र बचत फिर्ता नगरे कडा कारबाही गर्ने कानूनी व्यवस्था गर्नुपर्ने बताए ।

सांसद आचार्यले सहकारीको समस्या अहिले देशको आर्थिक स्थायित्वमा ठूलो चुनौती बनेको उल्लेख गर्दै नीतिगत र कानुनी पुनरावलोकन गर्न आवश्यक रहेको बताए ।

सहकारी ठगीमा संलग्नहरूलाई थुनेर मात्र सहकारीका समस्या समाधान गर्न नसकिने उनको भनाइ छ ।

सम्बन्धित समाचार