AarthikBikash
शुक्रबार, जेष्ठ ३१, २०८२
  • होमपेज
  • राजनीति
  • २४२ यात्रु बोकेको एअर इण्डियाको विमान भारतको अहमदाबादमा दुर्घटना

२४२ यात्रु बोकेको एअर इण्डियाको विमान भारतको अहमदाबादमा दुर्घटना

  • बिहिबार, जेष्ठ ३०, २०८२
२४२ यात्रु बोकेको एअर इण्डियाको विमान भारतको अहमदाबादमा दुर्घटना

काठमाडौं-भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनामा परेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लण्डन उड्न लागेको विमान अहमदाबाद विमान स्थलबाट उडान भरेको केही समयपछि मेघनीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट मेघनीनगरको दूरी लगभग १५ किलोमिटर छ।

आकाशमा कालो धुवाँ उडेको देखिएको छ। उद्धार टोली घटनास्थलमा पुगेको छ।

विमानमा १२ चालक दलका सदस्य र २३० यात्रु सहित २४२ जना सवार थिए।

विमान दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

सम्बन्धित समाचार